२१ बैशाख २०८१, शुक्रबार

सलह मार्नेलाई प्रति किलो २५ रुपैयाँ



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहल किरा मार्नेलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरेको छ ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सलह किरा मार्नेलाई प्रति किलो २५ रुपैयाँ दिने मन्त्रीस्तरीय निर्णय भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले सलह किरा मार्नमा सहयोग गर्न प्रदेशबासीहरुलाई अनुरोध पनि गरेको बताए । यसअघि, प्रदेश नं. ५ ले सहल मार्ने किसानलाई प्रति किलो २० रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।
शनिबार बिहानदेखि बारा र सर्लाही जिल्लामा पहिलोपटक देखिएको सलह किराको फौज अरु जिल्लामा पनि फैलन थालेकोपछि सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयले सर्तकता अपनाउन थालेको छ । प्रवक्ता शर्माले सलह किरालाई सुदूरपश्चिम प्रदेशमा प्रवेश गर्न नदिन सर्तकता अपनाउने तयारी भएको जनाए । उनले आइतबार नै मन्त्रालयमा बसेको बैठकले कृषि निर्देशनालयका निर्देशकको संयोजकत्वमा दु्रत सलह नियन्त्रण समूह (टास्क फोर्स) गठन गरेको जनाए ।
यस्तै, नेपालका पूर्वी भागमा सलह किरा देखिएपछि कर्णाली क्षेत्रका स्थानीय तहलाई सर्तकता अपनाउन समन्वय गरिने निर्णय गरेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शर्माले कर्णाली क्षेत्रबाट सलह किरालाई आउन नदिन कैलालीको मोहन्याल गाउँपालिका, टीकापुर र लम्की चुहा नगरपालिकासंग विशेष समन्वय गरिने बताए । उनले प्रदेशका अन्य स्थानीय तहलाई पनि सलह किराको जोखिम फैलन नदिन तयारी अवस्थामा रहन अनुरोध गरिएको बताए । उनका अनुसार हालसम्म सुदूरपश्चिममा सलह देखिएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार