२३ बैशाख २०८१, आईतवार

आइसोलेसलाई पंखा सहयाेग



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ जडिबुटी प्रशोधन केन्द्रमा बनाइएको आइसोलेसनलाई पंखा सहयोग गरिएको छ ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीले आइसोलेसनमा २५ थान पंखा वितरण गरिएको हो ।

नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाको आर्थिक सहयोगमा क्वारेन्टाइनमा रहेकाहरूको बसाइ सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको रुडुक कैलालीकी सचिव सुनिता रानाले बताइन् ।

रुडुक कैलालीकी अध्यक्ष ममता शाहले धनगढी उपमहानगरका मेयर नृप वडामार्फत सामना प्रदान गरिएको रुडुककी कोषाध्यक्ष प्रमीला लम्सालले बताइन् ।

पंखा वितरण कार्यक्रममा उपाध्यक्ष रेणु प्रधान (श्रेष्ठ), सदस्य गिता भण्डारी र सुनिल रैकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार