थप ३५ जनामा कोरोना पुष्टि

सुदुरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ ।
धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा थप ३८ जनामा कोरोना पुष्टि भएको हो ।
७ महिला र २८ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी ७, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ३५ जना मध्ये डोटीका ६ र कैलालीका एक महिला रहेका छन्।