२३ बैशाख २०८१, आईतवार

वडा अध्यक्ष तिवारीद्वारा एक महिनाको सेवा सुविधा विपद कोषमा प्रदान



मसुरिया । गौरीगंङ्गा नगरपालिका ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले एक महिनाको सेवा सुविधा कोरोना रोकथाममा प्रदान गर्ने घोषणा गरेका छन् ।

हाल बिश्वमा देखिएको कोरोना भाईरस (काेभिड-१९) को कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गरेर अध्यक्ष तिवारीले नगरपालिकाबाट प्राप्त हुने १ महिनाको सम्पुर्ण सेवा सुविधा विपद व्यवस्थापन कोषमा दिने सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन ।

तिवारीले भनेका छन् “बिश्व अक्रान्त भैरहेको सर्बबिदितै छ, यसबाट हाम्रो देश नेपाल पनि अछुतो नरहेका कारण यस संकटको घडीमा सबैले सबैलाई सहयोग गर्ने अति जरुरी देखिन्छ । त्यसकारण म यस नगरपालिकाको जनप्रतिनिधिको हैसियतले मेरो आफनाे वडा र नगरपालिकामा मेरो केही सानो प्रयासले यहाँका बासिन्दालाई सानो सहयोग पुग्छ भने किन नगर्न भन्ने सोचका साथ मैले हाम्रो राज्य बाट पाउने १ महिनाको सम्पूर्ण सेवा सुबिधा हाम्रो नगरपालिकामा रहेको बिपद कोरोना कोषमा दिने निर्णय गरेको यसै समाजिक संजाल मार्फत सम्पूर्ण नगरबासि मा जानकारी गराउदछु” ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार