२२ बैशाख २०८१, शनिबार

काग्रेस सभापति देउवाको घरमा विप्लवले पर्चा “जनकारबाही” गर्ने धम्की



मन्त्री भट्टलाई पनि धम्कीपत्र


अनुमोदन समाचार/धनगढी
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा नेत्रबिक्रम चन्द “विप्लव” समुहले पर्चा टाँसेको छ । पर्चामा विप्लव समुहले सभापति देउवालाई “जनकारबाही” गर्ने धम्की दिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४, उत्तरबेहडीस्थित देउवा निवासको गेटमै विप्लव समुहका कार्यकर्ताहरूले पर्चा टाँसेका छन् ।


विप्लव समुहले सभापति देउवालाई मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गरे “जनकारबाही” गर्ने धम्की दिएको छ ।


‘राष्ट्रियता सम्बन्धि जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको छ ।

यदि नेपाली जनताको राष्ट्रभक्तिको भावना, आवाज र अपिल विपरित तपाईद्वारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिस्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनुहुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहन्छौ’ पर्चामा लेखिएको छ ।

\
त्यस्तै, विप्लव समुहले संघीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई पनि एमसीसीको पक्षमा मतदान गरे “जनकारबाही” को धम्कीसहितको पत्र दिएको छ ।


हाल कैलालीमा रहेका मन्त्री भट्टको घर मै गएर विप्लव समुहका कार्यकर्ताहरुले सो पत्र दिएको बताइएको छ ।


पत्रमा लेखिएको छ– राष्ट्रियता सम्बन्धी जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नु हुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको छ ।

यदि नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिल विपरित तपाईद्धारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिस्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनु हुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहन्छौ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार