३० बैशाख २०८१, आईतवार

थप एक सय १८ जनामा कोरोना संक्रमण



धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप एक सय १८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा एक सय १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा सबैभन्दा बढि कञ्चनपुरमा ६० जना, बझाङमा १८ जना, अछामका १३ जना, डडेल्धुराका १२ जना, बाजुराका ८ जना, कैलाली र बैतडीका तीन÷तीन जना तथा दार्चुलाका एक जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका ११ महिला र ४८ पुरुष गरी ५९ जना, अछामका चार महिला र नौँ पुरुष गरी १३ जना, बैतडीका एक पुरुष, बझाङका तीन महिला र १३ पुरुष गरी १६ जना, बाजुराका दुई महिला र दुई पुरुष गरी चार जना, डडेल्धुराका एक महिला र ११ पुरुष गरी १२ जना र कैलालीका दुई पुरुषमा कोरोना संक्रमण भएको बताए ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परीक्षणमा बझाङका दुई जना, बैतडी, दार्चुला र कैलालीका एक÷एक जनामा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लामा भएको परीक्षणमा बाजुराका चार पुरुष, बैतडी र कञ्चनपुरका एक÷एक पुरुषमा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार