३१ बैशाख २०८१, सोमबार

धनगढी उप–महानगरले २८ बेडको आईसोलेशन संचालनमा ल्यायो



धनगढी । कोरोना संक्रमितहरुको उपचारका लागि धनगढी उप–महानगरपालिकाले बुधवार देखि २८ वेडको आईसोलेशन संचालनमा ल्याएको छ ।

कोरोना संक्रमितको संख्या बढेकाले उप–महानगरपालिकाले आईशोलेसन संचालनमा ल्याएको हो । उप–महानगरपालिका वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरेको आईसोलेशनमा संक्रमित बिरामीहरु राख्न सुरु भैसकेको छ । संक्रमितहरुलाई आईसोलेशनमा राखेर उपचार गर्न थालिसकेका छौं नगरप्रमुख वडले भने, आवश्यकता अनुसार बेड थप गर्ने योजना छ ।
अहिले संचालनमा ल्याएको आईसोलेशनमा १ सय ५० वेड सम्म बनाउन सकिने नगरप्रमुख वडले बताए ।

प्रदेशको कोरोना अस्पताल भनिएको सेती प्रादेशीक अस्पतालमा ६५ वटा मात्रै आईसोलेशन वेड रहेका छन् । प्रदेशभरीका संक्रमितहरुको उपचार गर्नुपर्ने भएकाले त्यहाँ बिरामीले ठाउँ पाएका छैनन् नगरप्रमुख वडले भने, त्यसैले पनि धनगढीलाई आईसोलेशन निर्माणको हतारो भएको हो । धनगढी उप–महानगरपालिकाले महिलाका लागि धनगढीमा रहेको बि.पोलिटेकमा १० वेडको ओइसोलेशन बनाउने तयारी गरिरहेको छ ।

धनगढी उप–महानगरपालिका भित्र मात्रै ६५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्य २ जनालाई सेती प्रादेशीक अस्पतालमा राखेर उपचार भैराखेको छ । ७ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बरालले जटिल अवस्थामा रहेकाहरुलाई मात्रै आईसोलेशनमा राखेर उपचार गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार