३० बैशाख २०८१, आईतवार

सहकारी सँस्थाद्धारा महिला उद्यमीहरुलाइ पोलिहाउस बितरण



डोटी । डोटीको सायल गाउँपालिका –५ मा रहेको लगनशिल महिला बचत तथा ऋण सहकारी सँस्थाले सँस्थाको कार्यक्षेत्र भित्रका तरकारी खेति गरिरहेका ६० जना महिलाहरुलाइ पोलिहाउस सहयोग गरेको छ ।

लगनशिल महिला बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष सृजना खडकाका अनुसार कृषि ज्ञान केन्द्र डडेल्धुराको सहयोगमा २० जना महिला र सायल गाउँपालिका ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनाको सहयोगमा ४० जना तरकारी खेति गर्दै आएका कृषकहरुलाइ सहयोग गरिएको हो । अध्यक्ष खडकाले भनिन, – ‘स्थानीय स्तरमा परम्परागत रुपमा तरकारी खेति गर्दै आएका शेयर सदस्यहरुलाइ ब्यवसायिक रुपमा तरकारी खेती तर्फ अग्रसर गराउने उद्देश्यले सहयोग गरिएको हो । यसका लागि बिउँ, फलामे ट्रस, पोलिहाउस र तालिम समेत दिइएको छ ।’

सहकारी सँस्थाले सायल गाउँपालिका भित्रका आठ सय भन्दा बढी महिलाहरुलाइ सेयर सदस्यता प्रदान गरी क्षमता बिकास बिभिन्न कृयाकलाप र आयआर्जन तर्फ अग्रसर गराउदै आएको बताइएको छ । हाल सहकारी सँस्थाको पुँजी १ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार