२९ बैशाख २०८१, शनिबार

घोडाघोडी र गोदावरीमा काँग्रेसद्वारा नगर सभा बहिस्कार



धनगढी । कैलालीको घोडाघोडी र गोदावरी नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरूले नगर सभा बहिष्कार गरेका छन् ।

ती पालिकाले एकलौटी ढंगले योजना बाँडफाँट गरेको भन्दै उनीहरूले नगर सभा वहिष्कार गरेका हुन ।

घोडाघोडीको आगामी आर्थिक वर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्न बोलाएको नगर सभामा छ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले बहिस्कार गरे । बजेटमा नगर प्रमुख र प्रशासकिय अधिकृतले एकलौटी गर्न खोजेको भन्दै वडा नम्बर २, ३, ७, ८, ११ र १२ का वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले नगर सभा बहिस्कार गरे ।

घोडाघोडी नगरपालिकाको नगर सभामा सिमित व्यक्तिहरू बाहेक कोहि उपस्थित थिएनन् । नगर सभा हुने भनिएको स्थान सुनसान थियो । वडाध्यक्ष र कार्यपालिका सदस्यहरू र अन्य सरोकारवालाहरूले समेत कार्यक्रममा उपस्थिति जनाएका थिएनन । घोडाघोडी नगरपालिकाको निति तथा कार्यक्रममा नगर प्रमुखले एकलौटी गर्न खोजेको र वडामा थोरै बजेट राखेर वडालाई अपमान गर्न खोजेकोले आफुले नगर सभाको बहिस्कार गरेको वडा नम्बर ७ का वडाध्यक्ष धन बहादुर बमले बताए ।

गोदावरी नगरपालिकाको पाँचौ नगर सभा नेपाली काँग्रेसबाट निर्बाचित जनप्रतिनिधीले बहिष्कार गरेका छन् । नगर अधिबेशनको उद्घाटन सकिन लाग्दा उनीहरू हलबाट बाहिरिएका थिए ।

नेपाली काँग्रेसबाट निर्बाचित वडा नम्बर २ का वडा सदस्य कमल कडायतले नगरपालिकाको बजेट बाँडफाँटप्रति आफुहरूको असहमती रहेको बताए ।

नगरपालिकाले वडामा जाने बजेट सिलिङ नबढाएको, नगरपालिकामा डल्लो बजेट राख्ने योजना बनाएको र सिलिङ बनाउँदा आफुहरूसँग सल्लाह नगरेकाले काँग्रेसबाट निर्बाचित जनप्रतिनिधीलेहरूले बहिष्कार गरेको वडाध्यक्ष कडायतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार