३१ बैशाख २०८१, सोमबार

कुन जिल्लामा कति कोरोना संक्रमित ( हेनुहोस जिल्लागत अवस्था )



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय दिपायलले बुधबार राति जारी गरेको जानकारी अनुसार सुदूरपश्चिममा एक हजार पाँच सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमित हुनेमा सबैभन्दा बढी कैलालीकाका ५१४ जना छन् । यस्तै गरेर डडेलधुरामा २०६, डोटीमा १९०, बैतडीमा १७६ संक्रमित रहेका छन् ।

यस्तै गरेर कञ्चनपुरमा २०२ अछाममा ९२ , बाजुरामा ९९, बझांगमा ४० र दार्चुलमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिममा हालसम्म १७६ जना उपचार गराएर घर फर्किएका छन् ।

अहिलेसम्म १९ हजार २१७ जनाको स्वाब संकलन गरिएकोमा ११ हजार ७९६ को स्वाब परीक्षण गरिएको छ । यस्तै गरेर अझै ७ हजार ४२१ जनाको परीक्षण हुन वाँकी छ ।

अहिलेसम्म आरडिटीबाट एक लाख २५ हजार आठ जनाको परीक्षण गरिएको ८ हजार ५२ जनालाई पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार