४ जेष्ठ २०८१, शुक्रबार

कैलालीः एकै वर्षमा सात वटा बिओपि स्थापना



धनगढी । कैलाली यस बर्ष थप ७ वटा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बि.ओ.पि.) स्थापना भएको छ ।

१०१ कि.मि.खुल्ला सीमाना रहेको कैलाली जिल्लामा यस बर्ष थप ७ वटा बि.ओ.पि. स्थापना भए पश्चात बि.ओ.पि.को संख्या १० पुगेको छ ।

कैलाली जिल्लामा यस बर्ष बिभिन्न मितिमा ६ वटा बिओपिहरु स्थापना भएकोमा बुधबार कैलालीकाे भजनी नगरपालिका वडा नं. ३ कुसुमघाटमा नयाँ बि.ओ.पि. (बि.ओ.पि.कुसुमघाट) स्थापना गरिएकाे छ । कुसुमघाट स्थापनासंगै एकै बर्षमा ७ वटा बि.ओ.पि.हरु स्थापना भएको हो ।

बि.ओ.पि. स्थापनाका प्रमुख अतिथि स.प्र.बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले राज्य र संगठनले सुम्पेको जुसुकै दायित्व बिगत देखि नै सशस्त्र प्रहरी बलले ब्यवसायिक ढंगले सम्पादन गर्दै आईरहेको स्मरण गर्दै सीमा सुरक्षाको गहन जिम्मेवारीलाई अनुशासित एबं कर्तब्यनिष्ठ भई सम्पादन गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हे.क्वा.कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीनाले सीमा अपराध एबं अन्य गैह्र कानूनी कृयाकलाप रोकथाम तथा नियन्त्रणको लागी कैलाली जिल्लाको अन्तराष्ट्रिय सीमानामा खटिएका राष्ट्रसेवकहरुद्धारा अहम भूमिका निर्वाह भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार