२१ बैशाख २०८१, शुक्रबार

धनगढीको बजेट एक अर्ब ६३ करोड ८२ लाख



धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक २०७७/०७८ वर्षका लागि साढे १ अर्ब भन्दा बढीको बजेट ल्याएको छ । धनगढी उपमहानगरले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट बुधबारको नगर सभामा सार्वजनिक गरेको हो ।

धनगढीस्थित ओम प्यालेसमा आयोजित पाँचौं नगर सभामा उपमहानगरपालिकाकी उपप्रमुख शुसिला मिश्र भट्टले उपमहानगरको आगामी वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट अनुसार चालुतर्फ ८५ करोड र पूजीगततर्फ ७८ करोड ८२ लाख रहेको छ ।

बजेटमा आय तर्फ आन्तरीक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, बित्तिय समानिकरण २९ करोड २ लाख, राजस्व वाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ ।

बजेटमा कोभिड–१९ बाट सिर्जित संकट ब्यबस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रबिधि तथा संचारमा विकासलाई प्रौथमिकतामा राखिएको छ ।

यसैगरी आगामी वर्षको बजेटमा पर्यटन प्रवर्दनको क्षेत्रमा बिशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा ब्यवसायीकरणमा बिशेष जोड दिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार