२२ बैशाख २०८१, शनिबार

टीकापुर सातौ नगर सभा शुरु



टीकापुर । कैलालीको टीकापुर नगरपालिकाको सातौं नगरसभा अधिवेशन सोमबारबाट शुरु भएको छ । नगर अधिवेशनमा प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावलले स्थानीय सरकार र प्रदेशबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिए ।

प्रदेश सभा सदस्य डाक्टर रावलले कोरोना संक्रमणक स्थानीय तहहरूले व्यवस्थापन गर्दै आइरहेको क्वारेन्टाइनको कामबारे प्रशंसा गर्दै रावलले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश र संघीय सरकारले हात खडा गरेको आरोप लगाए । ‘सीमित श्रोत साधनका बाबजुत पनि स्थानीय सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास प्रशसंनीय छ’ उनले भने– अब भारत लगायतका देशबाट फर्किएका नागरिकहरूलाई व्यवस्थित गर्ने कार्यक्रममा ध्यान दिनुपर्दछ ।

उनले भने– अहिलेको अवस्थामा रोजगरी सिर्जना गर्नु मुख्य चुनौति रहेकोले टीकापुर पार्कलाई लिजमा दिने, औद्योगिक ग्राम लागु र होमस्टे विस्तार गर्ने सोच बनाएका छौं ।

सभामा नगर प्रमुख रावलले आर्थिक वर्ष २०७७÷०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा टीकापुर नगरपालिकालाई उत्पादनशील, स्वस्थ, शिक्षित, पूर्वाधारयुक्त, सुव्यवस्थित पर्यटकीय नगर बनाउने दीर्घकालीन लक्ष्य लिइएको छ ।

नीति तथा कार्यक्रममा एक वडा एक गौरबको सडक योजना, विद्यालय दीवा खाजा कार्यक्रम, टीकापुर अस्पतालमा संचालन गरिएको बालरोग तथा स्त्रीरोग विशेषज्ञ सेवा, घरदेखि अस्पताल, हाम्री छोरीः प्यारी छोरी कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

त्यस्तै नीति तथा कार्यक्रममा नयाँ कार्यक्रममा रुपमा नगरपालिकाको यातायात गुरुयोजना निर्माण, कृषि उत्पादन अभिवृद्धि एवं प्रांगारिक खेती, एक वडाः एक उत्पादन, टीकापुर शहरः सडक मानवरहित नगर, स्थानीय तथ्यांक व्यवस्थापन प्रणाली स्थापना, पूर्ण साक्षर नगरपालिका घोषणा, बालबालिकाको विशेष प्रतिभा पहिचान कार्यक्रम, प्लाष्टिक निषेधित क्षेत्र घोषणा र वडाहरूको विभाजन गरिने उल्लेख छ ।

विश्वमा देखा परेको कोरोना संक्रमणको सामना गर्दै रोजगारीका अवसरहरू सिर्जना हुने गरी विकासका प्राथमिकता र बजेट तर्जुमा गरिने नीति लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार