२३ बैशाख २०८१, आईतवार

थप १३७ जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिममा थप १३७ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा ९६ जना र धनगढी स्थित प्रयोगशालामा ४१ जनामा कोरोना पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीका धनगढीका ५ महिला र १६ पुरुष गरी २१, भजनीका एक पुरुष, अछाममा तीन महिला र दुई पुरुष गरी पाँच जना, डडेल्धुराको गन्यापधुराका तीन पुरुष, कञ्चनपुरको शुक्लाफाँटाका तीन महिला र एक पुरुष गरेर चार जना, बेदकोटका एक पुरुष, भीमदत्तनगरका एक पुरुष, पुनरवासका दुई पुरुषमा कोरोना पुष्टि भएको छ। बझाङको बुगंलका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको उनले बताए। 

यस्तै आज काठमाडौँमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो।  योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार एक सय ६१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार