२३ बैशाख २०८१, आईतवार

थप ९६ जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ११२० पुगेको छ । आईतवारसम्म १०२४ जनामा रहेकोमा सोमवार ९६ जना थपिएका हुन् । यो संख्या अझ वढ्नेछ । धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणको नतिजा आउन बाँकी रहेको छ । 

उनका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो। 

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार एक सय २० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार