२३ बैशाख २०८१, आईतवार

थप ४३ जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिम प्रदेशमा मा अाइतबार थप ४३ जनामा कोरोना पुष्टि भएको छ । ४३ थपिए  सँगै सुदूरपश्चिममा संक्रमितको संख्या नौँ सय ९१ पुगेको छ ।

पशु अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

 कैलालीका २९ जना, डोटीका पाँच जना, कञ्चनपुरका तीन जना बाजुरा, डडेल्धुरा र बैतडीका दुई/दुई जना रहेका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार