२१ बैशाख २०८१, शुक्रबार

शनिवार थप १६३ जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिममा शनिवार थप १६३ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा ६९ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो । 

धनगढी स्थित सेती प्रयोगशालामा गरिएको परिक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको हो । त्यसमा कैलालीका २४, डडेल्धुराका २७, डोटीका ११, अछामका २, वैतडीका २ बझांगका २ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका ९ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष,  डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ सय ४८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार