२२ बैशाख २०८१, शनिबार

नेपाल फोटो पत्रकार महासंघ कैलालीद्धारा रक्तदान



धनगढी । नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको आयोजना र धनगढी डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालीकाे सहकार्यमा शनिबार रक्तदान कार्यक्रम गरिएको छ। रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको छ।

महासंघका अध्यक्ष पाण्डव पुजाराले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रणका लागि देशमा लकडाउन चलिरहेका बेला रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको बताए।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य अम्बीकुमारी थापाले कोरोना भाईरसको महामारी चलिरहेका बेला जोखिम मोलेर रक्तदान कार्यक्रम गर्नु सह्रायिन कार्य भएको बताईन्।

नेपाल फोटो पत्रकार महासंघ कैलालीका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक गगन अयडीले यो समयमा रगतको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशी, मेलानका अध्यक्ष मिनबहादुर धामी लगायतको उपस्थीति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार