२१ बैशाख २०८१, शुक्रबार

कैलालीको अत्तरिया क्षेत्र आजदेखि सील



धनगढी । कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमण फैलिदै गएपछि आजदेखि नगर क्षेत्र सील गरिएको छ। एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि गोदावरी नगर क्षेत्र अनिश्चितकालका लागि सील गरीएको नगर प्रमुख हरिसिंह साउँदले बताए।

नगर क्षेत्र पूर्ण रुपमा बन्द गर्न स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहमती भइसकेको समेत उनले जानकारी दिए। 

कोरोना संक्रमणबाट एकजनाको मृत्यु समेत भईसकेको र संक्रमण बढ्दै गएका कारण भीडभाडले जोखिम बढ्ने भन्दै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न अनुरोध गरिएको जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार