२१ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा थप १६८ जनामा कोरोना संक्रमण



धनगढी । सुदूरपश्चिममा शुक्रबार थप एक सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या सात सय ८५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा १५१, धनगढी प्रयोगशालामा गरेको परीक्षणमा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरेको परीक्षणमा पाँच जना गरी शुक्रबार एक सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, कैलालीका १३ महिला र ३३ पुरुष गरी ४६ जना, डोटीका तीन महिला र १२ पुरुष गरी १५ जना, डडेल्धुराका ९ पुरुष बाजुराका ८ पुरुष, अछामका एक महिला र ६ पुरुष गरी सात जना, बझाङका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

उनले शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा बैतडीका एक महिला र चार पुरुष गरी थप पाँच जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४, बर्दगोरीया नगरपालिकाका दुई र जानकी गाउँपालिकाका एक जनामा गरी सात जना, डोटीको बडीकेदार गाउँपालिकाका चार र कञ्चनपुरको पुर्नवास नगरपालिकाका एक जनामा गरी १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ११ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार