२९ बैशाख २०८१, शनिबार

जनस्वास्थ्य सेवा विधेयकमा आवश्यक सुझाव दिन मन्त्री सुवेदीको आग्रह




धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश जनस्वास्थ्य सेवा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक लामो समयसम्म संशोधन गर्ने नपर्ने गरेर सुझाव दिन अनुरोध गरेका छन् ।

शुक्रबार प्रदेश सभाको सामाजिक विकास समितिले विज्ञ र सरोकारवालासित गरेको छलफलमा बोल्दै मन्त्री सुवेदीले समिति र मन्त्रालयलाई विधेयकमा छुटेका विषय समेट्ने गरेर सुझाव दिन अनुरोध गरेका हुन ।


हामीले पारित गर्ने विधेयक तत्कालै संशोधन गर्न नपर्ने गरेर प्रभावकारी बनाउन विज्ञ र सरोकारवालाले लिखित र मौखिकरुपमा सुझाव दिन सक्ने उनले बताए ।


सो अवसरमा समितिका सभापति कुन्ती जोशीले सो विधेयक बारे निरन्तर विज्ञ र सरोकारवालासित छलफल गर्ने बताइन । आज कञ्चनपुरका सरोकारबालासित छलफल गरेका छौ । लगत्तै कैलाली सहितका जिल्लाका सरोकारवाला र विज्ञसंग छलफल गरिने उनले बताइन ।


छलफलमा महाकाली उपप्रादेशिक अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बक्सर, निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठ, सोही अस्पतालका डा. अर्जुन भट्ट सरोकारवालकाहरु अधिवक्ता जानकी तुलाधर र विष्णु पुरी लगायतले विधेयकका विभिन्न बुँदामा सुझाव दिएका थिए ।

सामाजिक विकास मनत्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले विधेयकका धेरै कुरा नियमावली, कार्यविधी, मापदण्डबाट प्रष्ट हुने बताउदै अहिले छोटकरीमा समेट्न सक्ने गरेर छुटेका विषयमा सुझाव दिनु पर्ने बताए ।

#sudoorpaschimgoverment #krishnarajsubedi #sudorpachim #pradesh sabha #kunti joshi

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार