१० श्रावण २०८१, बिहीबार

एकैदिन ६७१ जनामा काेरोना पुष्टि



काठमाण्डाै  । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार आठ सय नाघेकाे छ ।

पछिल्लो २४ घण्टामा ६ सय ७१ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या सात हजार आठ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा बिहीबार ६ सय ७१ जनामा सङ्क्रमण देखिएको हो । यो एकैदिन सङ्क्रमित हुनेको सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो ।

यसअघि हिजो बुधबार पाँच सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार