२३ बैशाख २०८१, आईतवार

वर्षा शुरुहुनु अगावै हिलाम्मे सडकको सास्ती



सुखड । कैलालीको जोशीपुर गाउपालिकाभित्रका ग्रामीण सडकहरू वर्षा हुनुअगावै हिलाम्मे भएका छन् । राम्ररी वर्षा शुरु नहुदै हिलाम्मे बनेका सडकका कारण स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।

जोशिपुर गाउपालिकाको वडा नम्बर ७ भगतपुरदेखि वडा नम्बर ६ लोखरी, रतनपुर हुँदै घोडाघोडी नगरपालिका जोड्ने मुख्य सडकमा ठाउठाउमा खाल्डा परेका छन् । सो सडकखण्ड गत वर्ष कार्तिक महिनादेखि नै बिग्रिन शुरु भएको थियो ।

भगतपुर, लोखरी, रतनपुर जोड्ने सडक खण्डमा केही वर्ष पहिले ग्राभेलिङ गरिएको थियो । तर, स्थानीय सरकारले सो सडकको स्तरोन्नती गर्नेतर्फ चासो नदिएको स्थानीयको गुनासो छ ।

जोशीपुर गाउपालिका उपाध्यक्ष गिता कठरीयाले सो सडकको प्राविधिक र आफु स्वयं गएर अनुगमन गर्ने र इस्टिमेट तयार गरेर सडक मर्मत गरिनृ प्रतिवद्धता व्यक्त गरिन् । उनले कुनै अन्य योजनाको रकम कटौती गरेर भए पनि सो सडकको मर्मत सम्भार गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार