२२ बैशाख २०८१, शनिबार

काेराेनाबाट थप दुइकाे मृत्यु, सुदूरपश्चिममा मृत्यु हुनेकाे संख्या चार पुग्याे



धनगढी । सडक दुर्घटनामा परी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ। जेठ ३१ गते अस्पताल भर्ना भएका उनको गएराती ११ बजेको समयमा मृत्यु भएको अस्पतालले नेपाल लाइभलाई जानकारी दिएको छ। 

लम्की-२ कैलालीकी ती महिलाको टाउकोमा रगत जमेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ। ‘दुर्घटनामा परी अस्पताल भर्ना भएकी ती महिलाको उपचारका क्रममा नै निधन भएको थियो। उनको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको र प्रयोगशाला परीक्षणमा कोरोना संक्रमण पोजेटिभ आएको छ। उनको रिपोर्ट बुधबार साँझ मात्र आएको हो,’ अस्पतालका सहायक निर्देशक नितेश कनौडियाले बताए। 

यसअघि असार १ गते पनि एक संक्रमितको सोही अस्पतालमा मृत्यु भएको थियो। अस्पतालमा दुई संक्रमितको मृत्यु भएपछि अहिले अस्पतालका ओपिडी आइसियू र न्युरोलगायतका आधाभन्दा बढी सेवा बन्द गरिएको छ। 

याेसंगै सुदूरपश्चिममा काेराेनाबाट मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ भने नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ। 

#Covid #death #sudoorpaschim

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार