२२ बैशाख २०८१, शनिबार

कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण, नेपालमा २० पुगे मृतक



बाँके । बाँकेका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बैजनाथ गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय महिलाको मृत्यु भएको हो।

उनको जेठ ३० गते उनी कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल भर्ना गरिएको थियो। असार १ गते स्वाब संकलन गरी प्रयोगशाला परीक्षणमा पठाइउको थियो। 

असार १ गते नै कोहलपुरमा उनको मृत्यु भएको हो। उनको मृत्यु भएपछि आएको उनको रिपोर्टमा कोरोरोना संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।  

यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार