१६ बैशाख २०८१, आईतवार

थप १७ जनामा काेराेना पुष्टि, सुदूरपश्चिममा संक्रमित तीन सय ४७ पुगे



धनगढी । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप १७ जनामा काेराेना पुष्टि भएकाे छ ।

सेती प्रादेशिक अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशकाे कैलाली र कञ्चनपुरका तीन महिला र १४ पुरूषमा काेराेना पुष्टि भएकाे जनाएकाे छ ।

अस्पतालका अनुसार कैलालीकाे धनगढीकी एक महिला र सात पुरूष तथा लम्की चुहा नगरपालिकाका दुइ महिला गरी १० जना र कञ्चनपुरमा सात जना काेराेना पुष्टि भएकाे हाे ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ४७ पुगेको छ । साेमबार मात्र ६८ जनामा कोरोना पुष्टि  भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार