४ जेष्ठ २०८१, शुक्रबार

लम्की घटनाका दाेषीमाथि कडाभन्दा कडा कार्बाही माग



धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले कैलालीकाे लम्की चुहा नगरपालिकाकाे क्वारेन्टाइन घटनामा संलग्न व्यक्तिहरूलाइ कारबाही गर्नुपर्ने माग गरेका छन ।

प्रदेश सभाकाे छैठाैं अधिवेशनकाे बजेट बक्तव्य अघिकाे समयमा बाेल्दै प्रदेश सभा सदस्य नन्दा बमले क्वारेन्टाइनमै खटिएका स्वयमसेवक र स्वास्थयकर्मिबाटै महिला असुरक्षित हुनुपर्ने अवस्था अाएकाे बताइन ।

उनले भनिन -न्यूनतम मापदण्डनै नअपनाइ बनाइएका यस्ता क्वारेन्टाइनमा महिलालाइ राख्नु र सामुहिक बलात्कार हुनुले यसमा व्यवस्थापक पनि ठुलाे दाेष देखिन्छ । उनले पीडितलाइ न्याय र पीडकलाइ कडाभन्दा कडा सजाय हुनुपर्ने माग गरिन ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्णा जाेशीले लम्कीजस्तै दुर्व्यवहार प्रदेशका पहाडी जिल्लामा महिलाहरूले भाेग्नु परिरहेकाे बताइन । उनले भनिन -महिला र पुरूषलाइ एउटै क्वारेन्टाइनमा राखिएकाे छ । पुरूषले छाडा बाेल्ने तथा दुर्व्यवहार गर्ने गुनासाे अाइरहेकाे छ । यसतर्फ प्रदेश सरकार गम्भिर हाेस ।

उनले क्वारेन्टाइन व्यवस्थित बनाउन नसके महिलालाइ हाेम क्वारेन्टाइनमा पठाउने व्यवस्था बनाउन माग गरिन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार