१० श्रावण २०८१, बिहीबार

साउनबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक सबै कर्मचारीको भत्ता कटौती



धनगढी । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत आगामी आर्थिक वर्षको सुरुवातदेखि नै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक सबै कर्मचारीको सबै खालका भत्ता कटौती गर्ने प्रस्ताव गरेको छ। 

सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले सोमबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गर्दै कोभिड १९ को सन्दर्भमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेक अरु सबै कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठकभत्ता र जोखिम भत्तालगायतका आगामी साउन १ गतेबाट खारेज गर्ने प्रस्ताव गरेका हुन्। 

बोहराले विनियोजन विधेयक प्रस्तुत गर्दै राजश्व परिचालनमा आउनसक्ने संकुचन र सार्वजनिक खर्चमा पर्नसक्ने चापलाई व्यवस्थापन गर्न सार्वजनिक खर्चमा मितव्ययिताको नीति सुदूरपश्चिम सरकारले लिएको बताए। त्यस्तै, आगामी आर्थिक वर्षमा सवारी साधन, इन्धन, मर्मतलगायतका अन्य सार्वजनिक सार्वजनिक खर्चमा मापदण्ड बनाउने प्रदेश सरकारको योजना छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार