४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणः युवा समुह बढि संक्रमित



धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट युवा समुह बढी संक्रमित भएको देखिन्छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको विवरण अनुसार कुल संक्रमित मध्ये ७४ प्रतिशत युवा रहेका छन । सुदूरपश्चिम प्रदेशमा शनिबारसम्म एक सय ९१ जना कोरोना संक्रमित पुष्टि भइसकेका छन् ।

राष्ट्रिय युवा नीति अनुसार १६ वर्षदेखि ४० वर्षसम्मको उमेर समुहलाई युवा मानिन्छ । राष्ट्रिय युवा नीति २०६६ मा ‘युवा’ भन्नाले १६—४० वर्षको उमेर समूहका महिला, पुरूष तथा तेस्रो लिंगीहरूलाई जनाउने उल्लेख गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमितमध्ये युवा उमेर समुह अर्थात १६ वर्षदेखि ४० वर्षसम्मका एक सय ४१ जना कोरोना संक्रमित छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमित मध्ये १८ र १९ वर्षका पाँच÷पाँच जना युवामा कोरोना संक्रमण भएको छ । त्यसैगरी १६ र १७ वर्षका दुई÷दुई जनामा कोरोना पुष्टि भएको छ । यो कुल संक्रमितको पाँच प्रतिशतभन्दा वढी हो । ११ वर्षदेखि २० वर्ष उमेर समुहका पनि २७ जनालाई कोरोना भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित मध्ये १० वर्षसम्मका सात जना, ११ देखि २० वर्ष उमेर समूहका २७ जना, २१ देखि ३० वर्ष उमेर समुहका ८६ जना, ३१ देखि ४० वर्ष उमेर समुहका ४१ जना, ४१ देखि ५० वर्ष उमेर समुहका १६ जना, ५१ देखि ६० वर्ष उमेर समुहका ६ जना र ६१ देखि ७० वर्ष उमेर समुहका ३ जना संक्रमित रहेका छन् ।

जानकारहरूका अनुसार सुदूरपश्चिमका युवाहरू किशोर अवस्थामै रोजगारीका लागि भारत जाने गरेका छन् । विभिन्न बाध्यता र परिस्थितिले पढाई बीचमै छोडेर भारत जाने र कमाउने उमेरसम्म भारतमै काम गर्ने गरेका कारण युवा उमेर समुह बढी संक्रमित भएको शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्त बताउछन् ।

बालबालिका र वृद्धवृद्धाहरूमा प्रतिरोधक क्षमता कम भएका कारणले संक्रमित भएपनि युवाहरू भने सावधानी नअपनाउँदा वढी संक्रमित भएको सेती प्रादेशिक अस्पतालको कोरोना विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले बताए ।

अधिकांश संक्रमितहरू भारतबाटसँगै आएको, सीमामा घुलमिल भएको एउटै गाडी प्रयोग गरेको र एउटै क्वारेन्टिनमा वसेकाहरू पाईएकोले पनि वढी संक्रमण फैलिएको डाक्टर कमरको भनाई छ ।

सुदूरपश्चिममा सवैभन्दा कम उमेर जन्मेको चार दिन भएको शिशुलाई कोरोना भएको छ भने सवैभन्दा वढी ७० वर्षको वृद्धलाई कोरोना भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

सुदूरपश्चिममा ११ महिनाका वालकदेखि दुई, तीन, पा“च, एघार वर्षका वालवालिकालाई पनि कोरोना भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार