३ जेष्ठ २०८१, बिहीबार

कोरोना संक्रमणबाट थप एकको मृत्यु



काठमाडाैं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अर्घाखाँचीका एक जनाको मृत्यु भएको हो। 

जेठ २९ गते ५७ वर्षीय उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तर उनको जेठ ३० मा मृत्यु भएको हो। उनी भारतबाट १२ दिनअघि आएका थिए। उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो। भारतबाट फर्किएपछि उनी क्वारेन्टाइनमा बसेका थिए। 

उनलाई स्वाशप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी संक्रमणमुक्त नहुँदै डिस्चार्ज गरिएको थियो। उनलाई अर्घाखाँची लैजाने क्रममा कोभ्रेखोला भन्ने स्थानमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

उनको शव अर्घाखाँचीमा दाहसंस्कार गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ। 

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार