१० श्रावण २०८१, बिहीबार

सीमामा भारतीयको लगातार आक्रमणपछि सशस्त्रले गोली ठोक्यो, एकजनाको मृत्यु



काठमाडौँ । सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत रुपमा नेपाल छिर्ने खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको बताए ।

‘अनाधिकृत रुपमा प्रवेश गर्नेलाई सुरक्षाकर्मीले रोक्ने नै भए, त्यस क्रममा सुरक्षाकर्मीलाई हातपात गरेर हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको हो’ प्रमुख जिल्ला अधिकारी जिसीले भने ।

उनले भारतीय नागरिकले खोसेको हतियार पछि सुरक्षाकर्मीले फिर्ता लिन सफल भएको बताए । झडपमा तीनजना भारतीय नागरिकलाई गोली लागेको र उनीहरु मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताए ।

सुरक्षामा खटिएका तीनजना शसस्त्र प्रहरीलाई पनि चोटपटक लागेको उनले बताए । सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले नाकामा फायरिंग भएको र आफूले विवरण बुझ्ने काम गरिरहेको बताए ।

यसअघि झापा बारा लगायतका विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा  भारतीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार