५ जेष्ठ २०८१, शनिबार

एनआईसी एसिया बैंक प्रादेशीक कार्यालयको एटिएममा तोडफोड



धनगढीमा रहेको एनआईसी एसिया बैंक प्रादेशीक कार्यालयको एटिएममा विहिवार राती तोडफोड भएको छ ।

धनगढी चौराहमा रहेको प्रादेशीक कार्यालयको एटिएम विहिवार राती १२ बजे तोडिएको बैैकमा रहेको सिसिटिभिमा देखिएको छ ।

प्रहरीका अनुसार माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको ब्यत्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको छ । त्यसपछि एटिएम तोडिएको छ । अहिले प्रहरीले घटना स्थल पुगी मुचुल्का संगै अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट प्रहरी टोली त्यहाँ पुगेको छ । एटिएममा के कती पैशा थियो कति चोरी भयो भन्ने बारेमा भने अहिले खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार