२२ बैशाख २०८१, शनिबार

स्वाब संकलन कार्य पुनः शुरु



फाइल तस्बिर

धनगढी । सुदूरपश्चिम प्रदेशमा पाँच दिनदेखि रोकिएको स्वाब संकलन कार्य बुधबारदेखि पुनः सुरु भएको छ । सुदूरपश्चिममा रहेको एक मात्र धनगढी प्रयोगशालामा स्वाबको चाप बढेपछि निर्देशनालयले शुक्रबारदेखि पाँच दिनका लागि स्वाब संकलनमा रोक लगाएको थियो ।

क्वारेन्टाइनमा बसेर आरडिटी पोजेटिभ देखिएका र शंकास्पद लक्षण देखिएका व्यक्तिको बुधबारदेखि स्वाब संकलन सुरु गरिएको कैलाली स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले धनगढी प्रयोगशालाले दैनिक २५० जनाको मात्र परीक्षण गर्न सक्ने जनाउँदै एक हजारभन्दा बढी नमूना मौज्दात रहेकोले स्वाब संकलन गर्न शुक्रबार मातहतका निकायलाई परिपत्र गरेको थियो ।

संकलन भएका नमूनाको लामो समयसम्म परिक्षण नगर्दा बिग्रिने तथा रिपोर्ट गलत देखाउने समस्या आउने सम्भावना रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । उनले अझै पनि प्रगोगशालामा एक हजार ६०० नमुना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार