२३ बैशाख २०८१, आईतवार

स्वास्थ्यकर्मीमाथि कुटपिट



बाजुरा । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा क्वारेन्टिनमा उपचार गर्न गएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।

त्रिवेणी नगरपालिका वडा नम्बर १ स्थित छतारा आधारभुत स्वास्थ्य सेवा केन्द्रका अहेवलाई क्वारेन्टिनमा रहेका व्यक्तीको नियमित चेकजाँच गर्न जाने क्रममा अज्ञात समुहले हातपात गरी कुटपीट गरेको त्रिवेणी नगरपालिका स्वास्थ्य संयोजक चिरन्जीवी शाहले बताए ।

अहेव रामबहादुर नेपाली क्वारेन्टिनमा रहेका व्यक्तीको दैनिक स्वास्थ्य चेकजाँचका लागि जाने क्रममा त्रिवेणी नगरपालिकाका वडा नम्बर १ भिमबहादुर मिजारले ढुंगाले हानेर घाईते बनाएको नगरपालिकाले जनाएको छ ।

अहेव नेपालीको ज्यान मार्ने उद्देश्यका साथ गरिएको आक्रमणको प्रति नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले विज्ञप्ती जारी गर्दै घटनाको ध्यानाकर्षण भएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार