८ पुष २०८२, मंगलवार

रुकुम घटनाको विरोधमा सभा



धनगढी । रुकुम पश्चिम चौझारी नगरपालिका सोतीमा नवराज बिक लगायत छ जनाको हत्या भएको विरोधमा बुधबार धनगढीमा बिरोध सभा कार्यक्रम भएको छ ।

संयुक्त दलित संघर्ष समितीले आयोजना गरेको बिरोध सभाा प्राध्यापक डाक्टर हेमराज पन्तले जातीय छुवाछुत गर्नु हुदैन, परिवर्तन हुनुपर्छ भने पनि त्यो परिवर्तन कस्मेटिक परिवर्तन मात्र भएको बताए ।

उनले राजनीतिक दलहरूले रुकुम पश्चिम चौझारीको घटनामा भोटको राजनीति गरिरहेको आरोप लगाए ।

उनले जातका आधारमा हुने विभेदको अन्त्य गर्न पाठपुस्तकमा समेत सामग्री समावेश गर्नुपर्ने बताए ।

नेपाल दलित संघका बरिष्ठ उपाध्यक्ष छत्र टेलरले रुकुम पश्चिम घट्नामा छुवाछुत र हत्या दुवै भएकोले दुवैमा मुद्दा चलाउनु पर्ने बताए ।

सुदूरपश्चिम प्रदेश सांसद मालामति रानाले रुकुम घट्ना जातीय भेदभावको घटना मात्रै नभएर सामाजिक विभेदको घटना समेत भएको बताइन ।

कार्यक्रममा कांग्रेस नृपबहादुर सुनार, नेपाल बिधार्थी संघका केन्द्रिय सदस्य बिनय लामा, युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक सिंह, नेपाल बिद्यार्थी संघ कैलालीका अध्यक्ष भेष बम, अनेरास्वबियुका केन्द्रिय सदस्य डम्बर भट्टराई, नेविसंघका आमन्त्रित केन्द्रिय सदस्य सुमन केसी, कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणि भट्ट, अनेरास्ववियुका सुवास जोशी, नेविसंघका ओमजंग बहादुर सिंह, दलित विद्यार्थी संघका नेता तपेन्द्र भुसाल, चक्र बिक लगायतले धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन दिपक बिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार