१० श्रावण २०८१, बिहीबार

थप ६ जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिममा वुधवार थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको हो । 

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको हो। कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरीका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ६४ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६४ जना, कञ्चनपुरमा ३४, अछाममा १६, डडेल्धुरामा १५, बझाङ आठ, दार्चुला १२, बैतडी, डोटीमा छ/छ र बाजुरामा तीन जना रहेका छन । 

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्। धनगढीको प्रयोगशालाबाट एक सय ४६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार