१६ बैशाख २०८१, आईतवार

स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण



डोटी । कोरोना भाइरस संक्रमण रोकथामका लागि डोटी जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरूलाई सामग्री प्रदान गरिएको छ । आइपास नेपाल नामक संस्थाको सहयोगमा सामुदायिक बिकास मञ्च नेपाल डोटीले जिल्ला अस्पताल सहित जिल्लाका १८ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सामुदायिक बिकास मञ्च डोटीकी कार्यक्रम अधिकृत दिपा सिंहका अनुसार जिल्लाका बिभिन्न स्वास्थ्य सँस्थाहरूमा पिपिइ सेट २ थान, सेनिटाइजर ३ सय ५१ बोतल, डिस्पोजेवल क्याप ३ सय ८० वटा, केएन ९५ मास्क ७५ वटा, चस्मा ७५ वटा, पञ्चा हात धुने साबुन, औषधि द्वारा गरिने सुरिक्षित गर्भपतनमा प्रयोग गरिने औषधि, रेक्जिन, लगायत रहेका छन् ।

स्वास्थ्य सेवा प्रदायक केन्द्र र सम्बन्धित स्वास्थ्य सँस्थामा गएर नै सामाग्री हस्तान्तरग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार