१५ बैशाख २०८१, शनिबार

चुरेमा प्रशासनिक भवन निर्माण



धनगढी । कैलालीको चुरे गाउपालिकामा प्रशासनिक भवन निर्माण भएको छ । सो भवनको २०७५ भदौंदेखि निर्माण कार्य सुरु भएको थियो । भवन निर्माण गर्ने सम्झौता असार ३१ गतेसम्म रहेको थियो ।

पाँच करोड १७ लाख रुपैयाँको लागतमा बनेको सो भवन अपांगमैत्री रहेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले बताए । सो भवन तीन तलाको रहेको छ भने भवनमा बैंठक कक्षसहित ३० वटा कोठा रहेका छन् ।
सो भवन धनगढीको रोयल कन्स्ट्रक्सन निर्माण सेवाले निर्माण गर्ने ठेक्का पाएको थियो । सो कन्स्ट्रक्सनले सम्झौताको एक महिनाअघि नै निर्माण कार्य पुरा गरेको छ ।

गाउपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले नयाँ प्रशासनिक भवन निर्माण पछि सेवा प्रवाहमा सहज हुने बताए ।
रोयल कन्स्ट्रक्सनले गत चैत्र मसान्तभित्रै भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य रहेकोमा कोरोना र लकडाउनका कारण ढिलाई भएको जनाएको छ ।

त्यस्तै, गाउपालिकाको वडा नम्बर ६ मा एक करोड ६० लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षमा वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणका लागि ८५ लाख रुपैया र वडा नम्बर ५ मा कार्यालय भवन निर्माणका लागि ७५ लाख रुपैयामा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएको गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार