१६ बैशाख २०८१, आईतवार

यो सरकार सरकार रहेन,जनता विरोधी निर्लज्जहरुको गिरोह हो




कुमारी नन्दा बम भन्छिन -सरकारको कान बहिरो भएकोले सुन्दैन त्यसैले कान चेक गर्न अस्पतालमा लैजानुपर्छ ।


कुन्ती जोशीले भनिन् – कोरोना नियन्त्रणमा प्रदेश सरकारले सक्दो प्रयास गरिरहेको छ ।

कर्णबहादुर मल्ल प्रदेश सभा सदस्य, डडेल्धुरा

धनगढी । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले मुख्यमन्त्री र मन्त्रीहरुका घर मात्रै क्वारेन्टाइन बन्न बाँकी रहेको बतएका छन् ।


प्रदेश सरकार काम कारवाहीमाथि व्यग्य गर्दे उनले प्रदेश सरकारले ८८ स्थानीय तहलाई दिएको तीन लाखले गाउँगाउँमा आइसेलेशनमा हुँदै अस्पतालमा परिणत भइरहेको बताए ।

संसारका अरु सरकारको कुरा नगरौ हाम्रै देशका सातै प्रदेशहरुमध्येको यो सरकार सबैभन्दा निकृष्ट, निर्लज्ज हो । यो सरकार सरकार रहेन,जनता विरोधी निर्लज्जहरुको गिरोह हो, जनता विरोधीले चलाएको एउटा गुट हो उनले भने यो सरकारका बारे टिकाटिप्पणी गर्न नयाँ शव्दको खोजी गर्नुपर्ने अवस्था छ ।


सरकारका बारेमा निक्कै कडारुपमा प्रस्तुत भएका मल्लले यस्तो निर्लज्ज सरकार इतिहासमा पहिले कहिल्यै थिएन भविश्यमा पनि यस्तो सरकार नहोस उनले भने ।


३० देखि ८० लाखसम्म पीसीआर मेसिन आउछ तर यो सरकारले ७६ दिनसम्म त्यो मेसिन ल्याउन सकेन । उनले आरडिटीको आतंक बन्द गर्नुपर्ने बताए ।


कोरोना परीक्षण बढाउ भनेका छौ कांग्रेसकै अर्का सांसद कुमारी नन्दा वमले भनिन तर प्रदेश सरकारको कान बहिरो भएकोले सुन्दैन त्यसैले कान चेक गर्न अस्पतालमा लैजानुपर्छ । कोरोना परीक्षणको वान डोर सिस्टमलाई रोक्नु पर्ने उनले बताइन ।


सत्ता पक्षका प्रदेश सभा सदस्य कुन्ती जोशीले सरकारको बचाउ गर्दे कोरोना नियन्त्रणमा प्रदेश सरकारले सक्दो प्रयास गरिरहेको बताइन ।

उनले कोरोना आउने भएकोले आलु र प्याजलाई भारतबाट आउन रोक्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार