१५ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सभा बैठक : आत्मदाह गरेका आउजीको परिवारलाई क्षतिपूर्ति, रोजगारी र शिक्षादिक्षाको व्यवस्था गर



– दलहरुले यति बेला जागिरबाट हटाउन हुन्न भन्दाभन्दै पनि हटाउने र आत्मदाहको परिस्थितिमा पुग्न बाध्य बनाउने अस्पताल व्यवस्थापनमाथि छानविन गरेर कार्वाही हुनुपर्छ

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको मंगलबार बसेको बाह्रौ बैठकमा प्रदेश सभा सदस्यहरुले आत्मदाह गरेका अछामका सिद्धार्थ आउजीको परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् ।


अछामबाटै निर्वाचित प्रदेश सभा सदस्यहरु हर्कबहादुर कुँवर गोविन्द र अक्कल रावलले शुरुमै बोल्दै आत्मदाहको घटना दुःखद भएको बताउदै उनकी श्रीमतिको रोजगारी र दुई वच्चाको शिक्षादिक्षाको ग्यारेन्टी प्रदेश सरकारले गर्नुपर्ने माग गरे ।


वयालपाटा नमूना अस्पताल हो अछाम, डोटी, बाजुरा, दैलेख र कालिकोटमा नागरिक समेत उपचारमा आउछन प्रदेश सभा सदस्य कुँवरले भने तर पछिल्लो पटक आर्थिक अवस्था कमजोर भएपछि केही कर्मचारीको म्याद थपिएन छ त्यही कारण यस्तो घट्ना भयो । लकडाउनको बेला जागिरबाट हटाउनु गल्ती थियो उनको भनाइ थियो ।


अछामकै दुर्गा कामी र अम्बिकुमारी थापाले दलहरुले यति बेला जागिरबाट हटाउन हुन्न भन्दाभन्दै पनि हटाउने र आत्मदाहको परिस्थितिमा पुग्न बाध्य बनाउने अस्पताल व्यवस्थापनमाथि छानविन गरेर कार्वाही हुनुपर्ने माग गरे ।


मंगलबारको बैठकमा १५ जना प्रदेश सभा सदस्यले भाग लिएकोमा अधिकांशले पीडितको परिवारलाई क्षतिपूर्ति दिनु पर्ने, श्रीमतिलाई रोजगारी दिनु पर्ने र बच्चाहरुको शिक्षादिक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

बैठकमा अम्मरबहादुर साउद, उमा वादी, कर्णबहादुर मल्ल, कुन्ती जोशी, कुमारी नन्दा वम कृष्णबहादुर चौधरी,ग्याल्बुसिंह बोहरा , गोविन्द बोहरा, डिल्ली पन्त, नन्दबहादुर साउद र नेपालू चौधरीले भाग लिएका थिए ।


शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका सिद्धार्थ आउजीलाई सोमबार नै हेलिकोप्टरमा उपचारका लागि कोहलपुर लगिए पनि ज्यान गएको छ ।


बैठकमा अधिकांश प्रदेश सभा सदस्यहरुले आरडिटी परीक्षण रोकिनु पर्ने, पीसीआर मेसिन किन्नु पर्ने, परीक्षणको गति बढाइनु पर्ने लगायतका माग राखेका थिए ।


त्यसैगरेर असार शुरु हुन थालेकोले मलको व्यवस्था गरिनु पर्ने माग पनि उनीहरुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार