१५ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा कोरोनाः मंगलबार ११ जना संक्रमित थपिए



धनगढी । सुदुरपश्चिम प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा परिक्षणका क्रममा थप १० र कोहलपुर प्रयोगशालामा एक जनामा गरि प्रदेशमा ११ जना कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका सात, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको हो ।

उता प्रदेश ५ मा पनि अछामकी एक महिलामा मंगलबार नै कोरोना पुष्टि भएको थियो । यो स“गै सुदुरपश्चिममा संक्रमितको संख्या १५८ पुगेको छ ।

कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ बर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ बर्षीय युवक, दार्चुलाको लेकम गाउँपालिकाका २६ बर्षीय युवक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको कैलालीमा ५९, कञ्चनपुरमा ३३, अछाममा १६, डडेल्धुरामा १५, बझाङ आठ, दार्चुला १२, बैतडी, डोटीमा छ/छ र बाजुरामा तीन जना रहेका छन । प्रदेशमा दुई जनाको मृत्यु भइसकेको छ भने १९ जना कोरोना संक्रमणमुक्त भएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार