१० श्रावण २०८१, बिहीबार

सुपमा एकैदिन ३७ जनामा काेराेना संक्रमण



धनगढी । सुदूरपश्चिम प्रदेशमा एकै दिन ३७ जना कोरोना संक्रमित भेटिएका छन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको स्वाव परिक्षणमा प्रदेशमा एकै दिन ३७ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् ।

सेती प्रादेशिक अस्पतालको जानकारी अनुसार कैलाली, कञ्चनपुर, दार्चुला र डडेल्धुरामा नयाँ कोरोना संक्रमित पुष्टि भएका छन ।

सेती अस्पतालले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशमा तीन महिला र ३४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरमा दुई महिला र १७ पुरुष गरी १९ जना नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै, दार्चुलामा १० र डडेल्धुरामा एक महिला तथा छ पुरुष गरी सात जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ ।

त्यस्तै, कैलालीको जानकी गाउँपालिकाका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छे । यससंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय ४७ पुगेको छ ।

प्रदेशमा कञ्चनपुरको भीमदत्तनगरपालिकाकी ४३ र ३२ वर्षिया महिला, २३, २५ र ३२ वर्षिय पुरुष, पुनर्वास नगरपालिकाका १९, ४३, ४०, २९, ४८, २०, २४, ३१, ३९, ३०, २७, २२ र ३६, शुक्लाफाटाका २० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ ।

दार्चुलाको लेकम गाउँपालिकाका ४२, महाकाली नगरपालिकाका २८, शैल्यशिखर नगरपालिकाका ३४, ३०, २७, २९, २०, १७, २० र २१ पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ ।

त्यस्तै, डडेल्धुराको अमरगढी नगरपालिकाकी १८ वर्षिया महिला र ४५ वर्षिय पुरुष, जोगबुढा नगरपालिकाका २५, ५७ र २२ वर्षिय पुरुष तथा नवदुर्गा गाउँपालिकाका २० र २१ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका र शुक्लाफाँटामा पुष्टि भएका सबै क्वारेन्टाइनमै रहेका छन । यस्तै भीमदत्तनगरपालिकामा रहेकाहरु भने महाकाली अस्पतालमा आरडिटि पोजेटिभ आएदेखिनै राखिएको कञ्चनपुर स्वास्थ्य कार्यालयका कोभिड–१९ प्रमुख शिद्धराज भट्टले जानकारी दिए । पुनर्वास नगरपालिका वडा नम्बर ९ स्थित दिपशिखर आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमनै १३ जनालाई व्यवस्थित गरिन लागेको उनले बताए । उनले भने –‘अहिले पुनर्वास र शुक्लाफाटामा रहेकालाई त्यही आइसोलेसन बनाएर राख्न भनिएको छ । निर्देशनालयको निर्देशन अनुसार लक्षण देखिएमा अस्पतालमा भर्ना गर्ने व्यवस्था गरिने छ ।’

डडेल्धुरा, दार्चुला र कैलालीमा पुष्टि भएका सबै भारतबाट फर्किएर क्वारेन्टाइनमै बसेका हुन ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ५२ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका ६, बझाङमा ८, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १८ जना निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ३५ मध्ये ९७ अन्यत्र स्थानबाट स्याम्पल पोजेटिभ देखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार