१० श्रावण २०८१, बिहीबार

दुई सत्केरीको उद्दार



धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दुई जना सत्केरीको उद्दार गरेको छ ।

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षीया निर्मला खडका र कञ्चनपुरको पुनर्वास नगरपालिकाकी २९ वर्षीया लजिमा तामाङ सुत्केरी महिलाको उद्दार गरिएको जनाइएको छ ।

अछामको बयलपाटा अस्पतालमा उपचार गराइरहेकी निर्मलाको आन्द्रा बेरिएर नचल्ने समस्या भएको थियो भने लजिमाको सुत्केरी भएपछि मृर्गौलामा समेत समस्या देखिएको थियो ।

निर्मलालाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको छ भने लजिमालाई काठमाडौंको टिचिङ अस्पताल लगिएको मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले जानकारी दिए ।

उनले दुवै महिलाको खर्च ‘गर्भवती र सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलालाई हवाई उद्दार गर्ने’ प्रदेश सरकारको कार्यक्रममार्फत गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार