१० श्रावण २०८१, बिहीबार

कोरोना, लकडाउन र बजेटसंगै उपभोग्य वस्तुको मुल्य आकाशियो



धनगढी । कोरोना भाइरस संक्रमण, लकडाउन तथा संघीय सरकारको बजेट प्रस्तुतिसंगै धनगढी लगातका बजारमा उपभोग्य वस्तुको मुल्य आकाशिएको छ । धनगढीमा स्थानीय तह, स्थानीय प्रशासन र व्यवसायीहरुको सहमतिमा बजार खुलेको छ । तर, लकडाउन अघिको तुलनामा अहिले खाद्यान्न सहित प्रत्येक उपभोग्य वस्तुको मूल्य २५ देखि ७० प्रतिशतसम्म बढेको छ ।

व्यवसायीहरुका अनुसार अहिले हरेक उपभोग्य वस्तुमा कम्तिमा २५ प्रतिशत मूल्य बृद्धि भएको छ । धनगढीमा लकडाउनअघि दुई सय ८० देखि ३०० रुपैयाँमा प्रतिकिलोका दरले पाइने कुखुराको मासुको मुल्य अहिले बढेर चार सय ३० पु¥याइएको छ । त्यस्तै, एक सय ६० देखि १८० रुपैयाँ प्रतिकिलोका दरले पाइने जिउँदो कुखुराको मूल्य अहिले प्रतिकिलो तीन सय रुपैयाँ पुर्याइएको छ ।

व्यवसायीहरुले कपडा, तरकारी, फलफुल, तेल, चामल, आँटा, मैदा, भाँडा, निर्माण सामाग्री लगायतमा मुल्य बृद्धि गरेका छन् । धनगढीका एक खुद्रा व्यवसायीले सरकारले कर बढाएको र लकडाउनमा सामानको खरिद मुल्य नै बढि परेकाले आफूहरुले मुल्य बढाउन बाध्य भएको बताए ।

दुई महिनाअघिसम्म १७० रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको उत्सव तोरीको तेलको मुल्य अहिले एक सय ९० पुर्याइएको छ ।

त्यस्तै, अहिले सुर्तीजन्य वस्तु (गुट्का, सुर्ती, चुरोटबिडी) आदिको मुल्य अचाक्कली बढाइएको छ । भारतबाट आयात हुने सामानको मुल्यमा झन् बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार