१० श्रावण २०८१, बिहीबार

काँग्रेसले भन्यो– स्वाब संकलन बन्द गर्ने निर्णय आपत्तिजनक



धनगढी । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमित व्यक्तीहरूको स्वाब संकलन कार्य बन्द गर्ने निर्णयप्रति घोर आपत्ति व्यक्त गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश सरकारले कोरोना परीक्षणका लागि स्वाब संकलन कार्य स्थगित गर्ने निर्णय गरेर प्रदेशका जनतामा झन् बढी त्रास बढाएको र लकडाउन पालना गरेका तथा क्वारेन्टाईनमा बसेका नागरिकहरूलाई झन् आतंकित बनाएको भन्दै सरकारको निर्णय तत्काल सच्याउन माग गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आईतबार प्रेस बिज्ञप्ती प्रकाशित गरी “यस्तो विषम घडीमा सरकार नागरिकको स्वास्थ्यसंग जिवनमरण एवं जनचासोको विषयमा गम्भीर नदेखिएको” उल्लेख गरेका छन् ।

‘अहिले कोरोनाको संक्रमण विरुद्ध पुरै विश्व एक भएर लडिरहेको छ’ विज्ञप्तीमा भनिएको छ– नेपाली काँग्रेस कोरोना संक्रमणबाट नागरिकको रक्षा गर्ने यो घडीमा सबै खाले विमतिबाटमाथि उठेर सरकारलाई हरसम्भव ढंगले सघाउँंदै आएको छ ।

काँग्रेस संसदीय दलले चिकित्सक र पिसीआर परीक्षण सम्बन्धी सामग्री प्रदेशका सबै स्थानीय तहमा उपलब्ध गराई तत्काल स्वाब संकलन गरी परीक्षण गराएर सुदूरपश्चिम प्रदेशमा विश्व स्वास्थ्य संगठनको मापदण्ड तथा संघिय सरकारले अवलम्बन गरे अनुसार क्वारेन्टाईनहरूमा खानपान, आवास, स्वास्थ्य सेवा र सुरक्षा लगायतका अतिआवश्यक सुविधा यथासिघ्र प्रबन्ध मिलाउन सुदूरपश्चिम प्रदेश सरकारसंग जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार