१० श्रावण २०८१, बिहीबार

आरडिटिसंगै औलोको परीक्षण गर्न निर्देशन



धनगढी । अहिले भारतका विभिन्न स्थानबाट सुदूरपश्चिम प्रदेशबासीहरू फर्किने क्रम जारी छ ।

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण तथा रोकथाम गर्न उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेशका केही जिल्लामा कोरोनासंगै अन्य रोगको पनि परीक्षण गरिदै आएको छ ।
डडेल्धुरा र कञ्चनपुरका चार जनामा औलो देखिएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले आरडिटीसंगै औलोको पनि परीक्षण गर्न सबै स्वास्थ्य कार्यालयहरूलाई परिपत्र गरेको छ ।
‘सुदूरपश्चिम प्रदेशममा भारतबाट फर्किने व्यक्तिहरूमा औलो रोगको संक्रमण देखिएको र आयातित औलो रोगीहरूको अनुपात आधा भन्दा बढी रहेको छ’ निर्देशनालयले सबै स्वास्थ्य संस्थाहरूलाई पठाएको पत्रमा भनिएको छ– क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरूमा औलो आरडिटी जा“च गर्दा डडेल्धुरा जिल्लामा अत्यन्त कडा खालको पि फाल्सीपारम औलो देखा परेकोले औलो रोगको संक्रमण समुदाय स्तरसम्म फैलिनबाट रोक्न र समयमै रोगीलाई पहिचान गरि उपचार गरेर मृत्यु हुनबाट बचाउन औलो रोगका लागि अनिवार्य आरडिटी जा“च गर्ने व्यवस्था मिलाउन हुन समेत अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार