१० श्रावण २०८१, बिहीबार

कोरोना संक्रमितका लागि आर्युवेदिक औषधि वितरण




धनगढी । संघीय सरकारको आर्युवेद तथा वैकल्पिक चिकित्सा विभागले सुदूरपश्चिमका कोरोना संक्रमितका लागि आर्युवेदिक औषधि बितरण गर्न थालेको छ ।

यसक्रममा आइतबार सेती र महाकाली अस्पतालमा आर्युवेदिक औषधि बिमारीको संख्या अनुसार बितरण गरिएको छ । सो विभागले सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मार्फत आर्युवेदिक औषधि बितरण गरेको हो ।

सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा आर्युवेद चिकित्सा सेवा महाशाखा प्रमुख डा. चेतराज जोशीका अनुसार सेतीमा चार किसिमका ५०÷५० महाकालीमा २०÷२० प्याकेट औषधि बितरण गरिएको छ । टीकापुरमा पनि १५÷१५ प्याकेट पठाइने डा. जोशीले बताए ।

बिमारीलाई रोगसंग लड्ने प्रतिरोधात्मक औषधि दिइएको छ डा. जोशीले भने चार प्रकारका औषधिमा च्वनप्रास, अष्टगन्धा, तुल्सीचिया र गुर्जोचिया रहेका छन् ।

यी औषधिलाई भारतले पनि परीक्षणकारुपमा प्रयोग गरिरहेको डा. जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार