१० श्रावण २०८१, बिहीबार

६ जना कोरोना संक्रमित डिस्चार्ज



धनगढी । सेती प्रादेशिक अस्पतालबाट बाबुछोरी सहित ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको उनले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार अछामको मेल्लेख गाउँपालिका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका (बाबुछोरी), बैतडीको शिवनाथ गाउँपालिका १ का २० बर्षीय र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिकाकै वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो।

उनले चिकित्सकको आवश्यक निर्देशन सहित उनीहरुलाइ डिस्चार्ज गरिएको बताउदै सेती प्रादेशिक अस्पतालमा अब २० जना संक्रमितको उपचार भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार