१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशकाे नीति तथा कार्यक्रम पारित



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित भएको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकले आगामी आव ७७/७८ को सो नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।

यही जेठ १९ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले छफलमा उठेका उपयुक्त सुझावलाई नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्रीले प्रदेश सरकारलाई केही संयन्त्र अभावमा काम गर्न असहज हुँदाहुँदै पनि जनतालाई राहत हुने काम गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार