१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिममा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको छ । यो संगै सुदूरपश्चिममा संक्रमितको सङख्या ९२ पुगेको छ । 

सुदूरपश्चिमका ९२ जना संक्रमित मध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना संक्रमितको मृत्यु भईसकेको छ । एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । संक्रमित मध्ये ७ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन । एक जना प्रदेश वाहिर डिस्चार्ज भएका छन् ।

सबैभन्दा बढी कैलालीका ४० जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६, ६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ७५, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार